back to top
Wednesday, April 15, 2026
HomePolicitalराष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ।

काठमाडौं । राष्ट्रिय सभाको मंगलबार सम्पन्न बैठकमा दुई वटा प्रतिवेदन औपचारिक रूपमा प्रस्तुत गरिएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो। त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पनि सभामा प्रस्तुत गरिएको छ।
उक्त वार्षिक प्रतिवेदन सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले पेस गर्नुभएको हो। चलचित्र विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सभापति दाहालले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जन उद्योगका रूपमा सुदृढ बनाउने उद्देश्य रहेको उल्लेख गर्नुभयो। साथै चलचित्रमार्फत नेपाललाई पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, प्रदर्शन अघि जाँचको व्यवस्था गर्ने तथा चलचित्र क्षेत्रको नियमन र प्रवर्द्धनका लागि यो कानुन आवश्यक रहेको उहाँको भनाइ थियो।
राष्ट्रिय सभाको अर्को बैठक यही माघ १४ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments