back to top
Wednesday, April 15, 2026
HomeBreaking Newsनेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री आइपुग्यो, फागुन २१ को मतदान तयारी तीव्र

नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री आइपुग्यो, फागुन २१ को मतदान तयारी तीव्र

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि आवश्यक सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाममा आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सुर्खेतबाट ढुवानी गरिएको निर्वाचन सामग्रीमा ४० हजार समानुपातिकतर्फका र ३९ हजार प्रत्यक्षतर्फका मतपत्रसहित निर्वाचन सञ्चालनका लागि आवश्यक ११ प्रकारका सामग्री समावेश छन्। दुर्गम भूगोल र सडक पहुँच कठिन भएका कारण सामग्री ढुवानीका लागि हवाई मार्ग प्रयोग गरिएको हो।
निर्वाचन सामग्री सुरक्षित रूपमा प्राप्त भएसँगै मतदान केन्द्रहरूमा सामग्री व्यवस्थापन तथा वितरण प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ। यससँगै निर्वाचन सम्पन्न गराउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पनि तीव्र पारिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मी, कर्मचारी तथा स्वयंसेवक परिचालनको तयारीसमेत पूरा भएको जनाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments