back to top
Wednesday, April 15, 2026
HomePolicitalएक्सन: बालेन र हर्क साम्पाङलाई २४ घण्टे स्पष्टीकरण

एक्सन: बालेन र हर्क साम्पाङलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह, श्रम तथा संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङसहित तीन जनाभन्दा बढी उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ।
आयोगका अनुसार ती उम्मेदवारहरूले सामाजिक सञ्जाल प्रयोग गरी आचारसंहिताविपरीत प्रचारप्रसार गरेको तथा एक–अर्काविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको भन्दै उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र पठाएको जनाएको छ।
निर्वाचन आयोगको आचारसंहिता अनुगमन शाखा स्रोतका अनुसार मंगलबार मात्रै तीन जनाभन्दा बढी उम्मेदवारलाई आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधिएको हो। आयोगकी सहायक प्रवक्ता सीता पुनले हाल विभिन्न माध्यमबाट सूचना संकलन भइरहेको र केही समयपछि सबै विवरण सार्वजनिक हुने जानकारी दिएकी छन्।
आयोगको ठहर अनुसार बालेन शाहको ‘भिजुअल’ शैलीका पोस्ट तथा अन्य उम्मेदवारका उत्तेजक अभिव्यक्तिले निर्वाचनको निष्पक्षतामाथि असर पार्ने सम्भावना देखिएको छ। आयोगले मागिएको स्पष्टीकरण सन्तोषजनक नभए निर्वाचन ऐनअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments