back to top
Thursday, April 16, 2026
HomeAlert Contentभारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने बंगलादेश सरकारको निर्णय

भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने बंगलादेश सरकारको निर्णय

.काठमाडौं — बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराई क्षेत्रमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र (Indian Economic Zone) परियोजना रद्द गर्दै त्यस स्थानमा रक्षा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरेको छ।
बीबीसी बंगलाका अनुसार बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण (BEZA) का कार्यकारी अध्यक्ष चौधरी आशिक महमुद बिन हारुनले पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। कार्यक्रममा प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलम पनि सहभागी थिए।
सोमबार ढाकाको तेजगाउँस्थित प्रमुख सल्लाहकारको कार्यालयमा बसेको BEZA गभर्निङ बोर्डको बैठकले परियोजना रद्द गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले गरेका थिए।
चौधरी आशिक महमुदका अनुसार मिरसराईमा भारतीय आर्थिक क्षेत्रका लागि ठूलो क्षेत्रफलको जग्गा छुट्याइएको थियो। तर अब सोही जग्गा रक्षा औद्योगिक पार्क निर्माणका लागि प्रयोग गरिनेछ।
हाल विश्वका विभिन्न क्षेत्रहरूमा देखिएका द्वन्द्वलाई उदाहरण दिँदै उनले आधुनिक युद्धमा केवल लडाकु विमानको अभावले मात्र होइन, गोला–बारुद, ट्याङ्कका पार्टपुर्जा जस्ता आधारभूत सैन्य सामग्री नहुँदा पनि गम्भीर संकट उत्पन्न हुने गरेको बताए। त्यसैले बंगलादेशले यस्ता सामग्री स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता विकास गर्नु आवश्यक रहेको उनले जोड दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments