back to top
Wednesday, April 15, 2026
HomeEntertainmentयी पाँच विदेशी फिल्मले नेपालमा कति कमाए?

यी पाँच विदेशी फिल्मले नेपालमा कति कमाए?

चलचित्र विकास बोर्डले नेपालमा प्रदर्शनरत पाँच विदेशी फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ।

बोर्डले सोमबार ‘धुरन्धर’, ‘अवतारः फायर एन्ड एश’, ‘द हाउसमेड’, ‘द राजा साब’ र ‘ट्वेन्टी एट् इयर्स लेटर’ को माघ १० गते (शनिबार) सम्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको हो।

जसअन्तर्गत, रणवीर सिंह अभिनीत बलिउड फिल्म ‘धुरन्धर’ ले सिनेपाः बक्सअफिसमा १० करोड ४७ लाख ५३ हजार रूपैयाँ ग्रस कमाएको छ।

डिसेम्बर ५ (मंसिर १९) देखि प्रदर्शनमा आएको फिल्मका ३ लाख १८ हजार ९० वटा टिकट बिक्री भएका छन्।

जेम्स क्यामरून निर्देशित हलिउड फिल्म ‘अवतार: फायर एन्ड यश’ ले ६ करोड ६२ लाख ४६ हजार रूपैयाँ ग्रस कमाएको छ। उक्त कमाइ हुँदा फिल्मको १ लाख ६१ हजार ३८४ टिकट बिक्री भएका छन्। यो फिल्म डिसेम्बर १९ (पुस ४) देखि प्रदर्शनमा आएको थियो।प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘द राजा साब’ ले नेपालमा १ करोड ७६ लाख ६ हजार रूपैयाँ ग्रस कमाएको छ। जनवरी ९ (पुस २५) देखि प्रदर्शनमा आएको फिल्मको ५४ हजार ८८१ वटा टिकट बिक्री भएका छन्। सिड्नी स्विनी स्टारर हलिउडको ‘द हाउसमेड’ ले ११ लाख ८५ हजार रूपैयाँ ग्रस कमाएको छ। डिसेम्बर १९ (पुस ४) देखि प्रदर्शनमा आएको फिल्मको ३ हजार ८४ वटा टिकट बिकेका छन्।

हलिउडको ‘ट्वेन्टी एट् इयर्स लेटरः द बोन टेम्पल’ ले ८ लाख १४ हजार रूपैयाँ ग्रस कमाएको छ। यसका २ हजार १०८ वटा टिकट बिक्री भएका छन्। थ्रीलर-हरर जनराको यो फिल्म माघ २ देखि प्रदर्शनमा आएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments