back to top
Wednesday, April 15, 2026
HomeTop 3वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । आकर्षक तलबको आश्वासन देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुली गर्ने चार जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा घर भई ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुरकी २६ वर्षीया मनिषा अधिकारी, गुल्मीका ४८ वर्षीय भक्तप्रसाद मरासिनी र चितवनका २७ वर्षीय सरल आचार्य रहेका छन्।
उनीहरूले विदेश जाने तयारीमा रहेका युवाहरूलाई विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ उठाई सम्पर्कविहीन भएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा कृष्ण कुँवरले सर्विया पठाइदिने भन्दै एक व्यक्तिबाट २ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ। त्यसैगरी, मनिषा अधिकारीले क्यानडा, भक्तप्रसाद मरासिनीले रोमानिया र सरल आचार्यले युएई पठाइदिने बहानामा क्रमशः २ लाख ५० हजार, २ लाख २५ हजार र २ लाख ६२ हजार रुपैयाँ ठगी गरेको पाइएको छ।
रकम बुझाएपछि सम्पर्क नहुने भएपछि पीडितहरूले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा उजुरी दिएका थिए। उजुरीका आधारमा खटिएको प्रहरी टोलीले कृष्ण, मनिषा र भक्तप्रसादलाई आइतबार तथा सरललाई सोमबार काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments