back to top
Thursday, April 16, 2026
HomeBreaking Newsटुँडिखेलमा अमेरिकी सेनाको प्रस्तुति: नेपाली सेनाले भन्यो— नियमित मैत्री अभ्यास मात्र

टुँडिखेलमा अमेरिकी सेनाको प्रस्तुति: नेपाली सेनाले भन्यो— नियमित मैत्री अभ्यास मात्र

२ फागुन, काठमाडौं — राजधानीको टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको भन्दै सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएपछि व्यापक चासो देखिएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेना दिवस र महाशिवरात्रिको अवसरमा सार्वजनिक भएको उक्त तस्वीरबारे नेपाली सेनाले स्पष्टिकरण दिँदै यसलाई नियमित मैत्री सहभागिता मात्रै भएको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेना दिवसका कार्यक्रमहरूमा विभिन्न देशका सैन्य ब्यान्ड टोलीहरू मित्रताको प्रतीकका रूपमा सहभागी हुने प्रचलन पुरानै हो। नेपालले पनि अन्य देशका सेना दिवस वा औपचारिक समारोहमा ब्यान्ड तथा सैनिक टोली पठाउने गरेको उनले बताए। हालै भारतको सेना दिवस समारोहमा नेपाली ब्यान्डले भाग लिएको उदाहरण उनले दिए। यस्ता गतिविधि “आर्मी–टु–आर्मी” सहकार्यअन्तर्गत हुने नियमित कार्यक्रम भएको उनको भनाइ छ। यसबारे जंगी अड्डाले विज्ञप्तिमार्फत पनि स्पष्ट पारेको छ। साथै युवा आदानप्रदान कार्यक्रम तथा संयुक्त अभ्यासहरूमा पनि सहभागिता जारी रहने उनले बताए।
नेपाल र अमेरिकाबीच सन् १९४७ देखि सैन्य सम्बन्ध कायम छ। गणतन्त्र स्थापनापछि पनि विभिन्न सरकारको कार्यकालमा विदेशी सैन्य ब्यान्डहरूको सहभागिता हुँदै आएको छ। नेपाली सेनाका अधिकारीहरूले अमेरिकास्थित स्टाफ कलेजहरूमा अध्ययन गर्ने तथा अमेरिकी अधिकारीहरू विशेष कार्यक्रमहरूमा नेपाल आउने अभ्यास पनि लामो समयदेखि चलिरहेको छ।
नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तान लगायत विभिन्न देशका सेनासँग मिलेर नेपाल तथा विदेशमा संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। सेनाले यी सबै गतिविधि पूर्ववत् नियमित कार्यक्रमकै रूपमा सञ्चालन हुने जनाएको छ।
आगामी आम निर्वाचन आउन केही समय मात्रै बाँकी रहेको अवस्थामा अमेरिकी सेनाको प्रस्तुत

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments