back to top
Wednesday, April 15, 2026
HomeBreaking Newsमहाशिवरात्रीका लागि पशुपति क्षेत्रमा तीव्र तयारी, साधुसन्तको आगमन सुरु

महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा तीव्र तयारी, साधुसन्तको आगमन सुरु

२ फागुन, काठमाडौं ।

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रीलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तयारीलाई तीव्र बनाइएको छ।

आइतबार मनाइने महाशिवरात्रीका दिन हजारौँ भक्तजनको भीड हुने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोष ले दर्शन व्यवस्थापन, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिएको जनाएको छ। भक्तजनले सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सकून् भन्ने उद्देश्यका साथ आवश्यक सबै प्रबन्ध मिलाइएको कोषको भनाइ छ।

शिवरात्रीलाई लक्षित गरी देशका विभिन्न स्थानका साथै भारतबाट आएका साधु–सन्तहरू पशुपति क्षेत्रमा पुगिसकेका छन्। परम्पराअनुसार शिवरात्री सम्पन्न भएपछि ती साधु–सन्तहरूलाई दान–दक्षिणासहित बिदा गर्ने चलन रहँदै आएको छ।

पर्वका अवसरमा स्वदेशी तथा भारतीय भक्तजनको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको छ। साथै, महाशिवरात्रीकै अवसरमा पशुपति क्षेत्र वरपर धार्मिक तथा सांस्कृतिक मेलाको रौनक पनि देखिने गर्दछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments