काठमाडौंमा मंगलबार आयोजित उज्यालो नेपाल पार्टी काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीको भविष्य, राजनीतिक यात्राका अनुभव र आगामी निर्वाचनप्रति धारणा स्पष्ट रूपमा राख्नुभएको छ। उहाँको अभिव्यक्तिले केवल पार्टीको आन्तरिक अवस्था मात्र होइन, पछिल्लो समय नेपाली राजनीतिमा देखिएको प्रवृत्तिप्रति पनि गहिरो संकेत गरेको देखिन्छ। अध्यक्ष घिसिङले स्पष्ट शब्दमा उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय हुन नदिइने बताउँदै पार्टी आफ्नो पहिचान र सिद्धान्तसहित अघि बढ्ने अडानमा रहेको जनाउनुभयो।
उहाँले आफ्नो मन्तव्यमा विगतको राजनीतिक अनुभव स्मरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकता सम्झौतालाई ‘नराम्रो दुर्घटना’को रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार उक्त एकता पार्टीका लागि सकारात्मक उपलब्धि भन्दा पनि ठूलो चुनौती र झट्का सावित भएको थियो। उहाँले त्यो समयलाई पार्टी ‘कोमा’ मा पुगेको अवस्थासँग तुलना गर्दै भन्नुभयो, “रास्वपासँगको एकतापछि हाम्रो पार्टी लगभग १२ दिनसम्म कोमामा गएको जस्तै भयो, तर अहिले हामी त्यो अवस्थाबाट तन्द्ररूस्त भएर बाहिर निस्किएका छौँ।” यस भनाइले उहाँ विगतको गल्ती स्वीकार्दै त्यसबाट सिकेर अघि बढ्ने प्रयासमा रहेको देखिन्छ।
कुलमान घिसिङले अहिले उज्यालो नेपाल पार्टी पहिलेभन्दा बढी सुदृढ र संगठित अवस्थामा पुगेको दाबी गर्नुभयो। उहाँका अनुसार पार्टीले विगतका कमजोरीहरूबाट पाठ सिक्दै संगठनात्मक रूपमा आफूलाई मजबुत बनाएको छ। पार्टीको नाम र चुनाव चिन्ह जोगाउनु नै राजनीतिक आत्मसम्मान र पहिचानको सवाल भएको उहाँको तर्क थियो। उहाँले पार्टी विलयको नाममा आफ्नो अस्तित्व गुमाउने पक्षमा आफू नरहेको स्पष्ट पार्दै भने, “पार्टीको नाम र चिन्ह
रास्वपासँगको एकता भंगबारे कुलमान भन्नुहुन्छ– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरूस्त भएर निस्कियौँ
RELATED ARTICLES