back to top
Friday, April 10, 2026
HomeBreaking Newsदुर्गा प्रसाईंको गिरफ्तारीप्रति आजपाको आपत्ति, बिना सर्त रिहाइको माग

दुर्गा प्रसाईंको गिरफ्तारीप्रति आजपाको आपत्ति, बिना सर्त रिहाइको माग

फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ । प्रसाईं सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।आजपाका प्रवक्ता चन्द्रभूषण साहले विज्ञप्ति जारी गर्दै रातिको समयमा गरिएको पक्राउप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा सरकारले आफ्ना आलोचक तथा फरक धारका आवाजलाई निरुत्साहित गर्ने मनसायले पटक–पटक पक्राउ गर्ने र छोड्ने कार्य गर्नु सरकारको मर्यादा, परिपक्वता, विधिको शासन र लोकतन्त्रप्रतिको सम्मानविपरीत रहेको उल्लेख गरिएको छ ।मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता तथा असहमतिको अधिकारमाथि आघात पुग्ने कार्य नगर्न आग्रह गर्दै आजपाले प्रतिशोधपूर्ण गिरफ्तारी तुरुन्त निश्प्रभावी बनाई प्रसाईंलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments