कर्फ्यु लगत्तै घातक बल प्रयोगको आदेश: १९ को मृत्यु, दर्जनौँ घाइते — आन्तरिक प्रहरी कागजातमा विवरण
गत वर्ष सेप्टेम्बर ८ मा काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा निहत्था प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न निर्देशन दिइएको खुलासा एक अनुसन्धानात्मक रिपोर्टले गरेको छ। BBC World Service अन्तर्गतको “आई इन्भेस्टिगेशन्स” टोलीले प्राप्त गरेको प्रहरीको आन्तरिक कागजातअनुसार ‘पिटर १’ कलसाइन प्रयोग गर्ने अधिकारीले कर्फ्यु लागू भएको करिब १० मिनेटपछि “आवश्यक बल प्रयोग गर्न” आदेश दिएका थिए।
स्रोतका अनुसार उक्त कलसाइन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग सम्बन्धित थियो। खापुङले प्रत्यक्ष आदेश दिएको कुरा स्पष्ट रूपमा स्वीकार गरेका छैनन्। नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृति तथा कानुनी प्रक्रिया पूरा गरेपछि मात्र बल प्रयोग गरिएको दाबी गरेको छ। नोभेम्बरमा अवकाश पाएका खापुङले प्रतिक्रिया माग्दा जवाफ नदिएको उल्लेख गरिएको छ।
विद्यालय पोसाकमै १७ वर्षीय श्रीयमको मृत्यु
रिपोर्टका लागि परीक्षण गरिएका भिडियो प्रमाणहरू अनुसार मृतकमध्ये सबैभन्दा कान्छा १७ वर्षीय श्रीयम चौलागाईं निहत्था अवस्थामा थिए। हरियो विद्यालय पोसाक र झोला बोकेर भीडबाट टाढा जाँदै गर्दा उनको टाउकोको पछाडिबाट गोली लागेको दृश्य देखिन्छ। गोली लागेपछि उनी घटनास्थलमै ढलेका थिए।
उनकी आमाले छोरालाई प्रदर्शनमा नजान आग्रह गरेकी थिइन्। तर श्रीयमले आफू विद्यार्थी भएकाले निशाना नबन्ने विश्वास व्यक्त गरेका थिए। आमाको भनाइ छ, “मलाई अझै ऊ गएको जस्तो लाग्दैन। ऊ आफ्नो स्कुलको पोसाकमै फर्किन्छ जस्तो लाग्छ।”
घटनाको दिन: नियन्त्रण बाहिर गएको अवस्था
सेप्टेम्बर ८ बिहान ९ बजेदेखि माइतीघर मण्डलामा युवाहरू भेला हुन थाले। संसद भवन नजिकै ब्यारिकेड राखिएको थियो।
कर्फ्यु लगत्तै गोली चलाउने आदेश: काठमाडौं आन्दोलनमा १९ को मृत्यु
RELATED ARTICLES